काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको सानदार मःम पसलमा ग्याँस सिलिण्डर ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार बिहान ८:४२ बजे कमलपोखरीनजिक केशव श्रेष्ठले सञ्चालन गरेको शानदार मम सेन्टरको भान्सा घरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहिँदा दुर्घटना भएको हो।


