काठमाडौं । विहीबार सेयर बजार उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजार २७ सयमुनि झरेको छ । आज नेप्से परिसूचक ११.६४ अंक घटेको हो ।
आज ९ अर्ब २४ करोडको भएको नेप्सेले जनाएका छ ।
फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशत बढ्यो । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो ।
बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटे ।


