काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफूहरु विजयी भए सबै प्रकारका अपराधका फाइल खोल्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष हुन् । सम्बोधनका क्रममा उनले भने, ‘स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईंहरूले पाएको उन्मुक्ति स्थायी हुने छैन। तपाईंहरूले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैँका लागि हुने छैनन्। म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु( यी फाइलहरू फेरि खोलिने छन्। जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौँ( यी अपराधका फाइल। फेरि सुरु गर्नेछौँ( लोकतन्त्रको सर्भिसिङ र सुशासन। फेरि भत्काउनेछौँ, बिचौलिया र राजनीतिको गठजोड।’


