काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताएका छन् ।
तथा पूर्वप्रधानमन्त्री समेत रहेका उनले शनिबार पार्टीको काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा यस्तो बताएका हुन् ।
उनले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिकोे थालनी गरेसँगै समाजवादी क्रान्तिका सुरुवात भएको बताए
दाहालले भने, ‘आर्थिक सङ्कट समाधान र समृद्धिका पक्षमा सरल काम गरेर नयाँ र महत्वपूर्ण सन्देश दिन सफल भएको छु ।’ अब ०८४ मा बहुमत ल्याएर समाजवादतिर देशलाई डोहोर्याउने लक्ष्य रहेको उनले बताए ।


