काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दबाबमा र प्रभावमा नपरी प्रमाण र तथ्य आधारित अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
उनले शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लव परिसरमाा नवनिर्मित ‘द ब्ल्यू प्याभिलियन’ भवनको उद्घाटन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढङ्गले चलेमा सरकारको तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट गर्दै अनावश्यक रुपमा त्रसित नभई न्याय स्थापनामा दृढ ढङ्गले अगाडि बढ्न आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरीहरु लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरु आफ्नो दुनो सोझ्याउन भित्रभित्र विरोधीसँग साँठगाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे ।


