काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बहुदलपछि बनेका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गर्न एक शक्तिशाली आयोग गठन गर्न माग गरेका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका उनले आइतबार पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको तेस्रो पार्टी अधिवेशनको उद्घाटन गर्ने क्रममा यस्तो माग गरेका हुन् । उनले यस्तो माग आफूहरुबाट गल्ती भएको भए भोग्न तयार रहेको बताए ।
“हाम्रो अध्यक्ष प्रचण्डले यदि मेरो पार्टी, मेरो कार्यकर्ता वा मैतिर पनि सुइहरु सोझिन्छन् भने अनुसन्धान गर्ने निकायलाई निर्देशन गर्नुभयो । नेपालको इतिहासमा सार्वजनिक रुपमा यस्तो अपिल गर्ने उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ,” उनले भने ।


