काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले आइतबारबाट काठमाडौंमा सुरु नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले सत्तामा पुग्नका लागि करोडौँ खर्च गर्न र सत्तामा पुगेपछि त्यसलाई दोहन गर्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् ।
चूनावमा लाग्ने खर्च राज्यले नै व्यहोर्ने र कम खर्चिलो बनाउने गरी आवश्यक सुधारको खाँचो रहेको उनले बताए । उनले राज्यका हरेक निकायलाई पनि सुधार गर्न सके भ्रष्टाचार नियन्त्रण हुने दाबी गरे ।


