काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा उचित नभएको बताएका छन् । उनले सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यीतो टिप्प्णी गरेका हुन् ।
नेपाली कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको भन्दै उनले लोकतन्त्रमा सकेसम्म संसद्बाट नै ऐन, कानुन बनाउनुपर्ने जिकिर गरे ।
‘अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानविन्दु हो । हुनतः नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति म नै हो । ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो,’ उनले भने ।


