काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेकपा एमालेको नेतृत्वमा रहेको अवस्थामा नेपालमा कम्युनिस्ट पार्टीहरूको एकता सम्भव नहुने जिकिर गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले सोमबार धनुषाको जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । सञ्चारकर्मीसँग उनले भने, ‘चुनाव सँगै मिलेर लडेको हो र जनताले पनि हामीलाई साथ दिएको थियो । तर, एमालेको नेतृत्वमा केपी ओली रहेसम्म नेपालमा कम्युनिस्ट एकता सम्भव छैन ।’
अध्यक्ष प्रचण्डले आफु पार्टी विस्तारको अभियानमा रहेको र जनतासँगको नजिकको सापेक्षतामा काम गर्ने योजना बनाएको बताए ।


