काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले क्यान्टोनमेन्टको छानबिन गरेर देखाउन सरकारलाई चुनौति दिएका छन् । पूर्व अर्थमन्त्री समेत रहेका मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो चुनौति दिएका हुन् ।
उनले भने, ‘भ्रष्टाचारको छानबिन गरौं। यो रोष्ट्रमबाट मैलेपनि धेरै चोटी भनेको छु, छानबिन गरौं। शक्तिशाली आयोग बनाऔं। को कोले गरेको भन्ने कुरा त्यहाँ पुष्टि हुन्छ नि त ? गर्न किन आँट नगर्ने ? त्यो आँट गरौं भनिएको छ । क्यान्टोनमेन्टको होस वा अरु कुनै कुराको होस, छानाबन गरेर अघि बढौं न । छानबिनको लागि कसैले छेकेको छैन।’


