काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव कार्ययोजना ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
उनले मुलुकमा कानुनहरू सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ, त्यो गर्न तयार रहेको बताए ।


