काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा दुई हजार सातसय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ३० रुपैयाँमा किनबेच भइरहेको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।


