काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा नभएको बताएका छन् ।
माओवादीले सङ्घर्ष सुरु गरेको ३०औँ वर्षगाँठको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र उत्पीडन कायमै रहेको उल्लेख गरेका छन् ।
अध्यक्ष दाहालले जनताप्रति इमानदार हुँदै, सङ्घर्षबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गरी समाजवादी क्रान्तिको तयारीमा लामबद्ध हुने ऐतिहासिक अभिभारा अझै बाँकी नै रहेको स्पष्ट पारेका छन् ।


