काठमाडां । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् । ।
पूर्व प्रधानमन्त्री उनले विहीबार गुल्मीको धुर्कोट गाउँपालिका बर्बोटमा निर्मित सहिद शमशेर स्मृति पार्क समुद्घाटन तथा सहिदहरूको सालिक अनावरण कार्यक्रममा यस्तो बताएका हुन् ।
जनयुद्ध र जनआन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि मुलुकमा एक चरणको राजनीतिक क्रान्ति संस्थागत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब जनतालाई समृद्ध र देशलाई आत्मनिर्भर बनाउने अभियानको थालनी गर्नुपर्ने बताए ।


