काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन्।
उद्घाटनका क्रममा उडाउन लागिएको बेलुन पड्केपछि मेयर आचार्यको गालामा सामान्य चोट लागेको छ। उनलाई उपचारको लागि यहाँको फिस्टेल अस्पताल लगिएको छ।
बेलुन पड्कने बेला अर्थमन्त्री पौडेल पनि मञ्चमै थिए। पौडेल पनि सामान्य घाइते भएका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार पौडेलको स्वास्थ्यमा केही असर परेको छ।


