काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिला आरक्षणमा नेपाल अगाडि रहेको दाबी गरेका छन् । उनले प्रजातन्त्र सेनानी संघको आजबाट सुरु महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् । उनले उनले ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको पनि बताए ।
‘आज समावेशी लोकतन्त्र प्राप्त भएको छ । यो सम्पूर्ण नेपाली दाजुभाईहरूलाई समावेश गराउने खालको समावेशी राजनीति लागू भएको छ,’ सभापति देउवाले भने, ‘हाम्रो देश नेपाल सबैभन्दा अगाडि छ । ३३ प्रतिशत महिलाको आरक्षण संसारको धेरै कम देशमा होला ।’
उनले आफू नेतृत्वको पार्टी पनि पूर्ण समावेशी भएको जिकिर गरे ।


