काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आवश्यकतालाई हेरेर प्रदेशहरुको संख्या घटबढ हुनसक्ने बताएका छन् । उनले शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । उनले लोकतान्त्रिक ब्यवस्थामा सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताए । ।
प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट बनाएको बताए । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए। उनले आफूजति श्रीमतीसँग खुसी मानिस अर्को सायदै हुने बताए ।


