काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजार परिसूचक (नेप्से) एकै दिन ४९.१५ अंकले बढेको हो ।
आज २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २९ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आज १८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज ३०० वटा कम्पनी कारोबारमा आउँदा १ लाख १२ हजार ३२ पटक शेयर किनबेच भएको छ ।


