काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आवश्यकता अनुसार सबैको सहमतिमा संविधान संशोधन हुने बताएका छन् ।
उनले शुक्रबार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपूर्व नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको विषय समावेश भएको बताए ।
प्रधानमन्त्री ओलीले ठूला दुई दल र अन्य सहयोगी दलको समर्थनमा संसदमा लगभग दुई तिहाइको जनमत रहेकाले आफूहरु समझदारीका साथ देशको समृद्धिका लागि काम गर्न तत्पर भएर सहकार्यमा जुटेकाले आगामी निर्वाचनसम्म यो सहयात्रा नटुट्ने उद्घोष गरे ।


