काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।
समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरूले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न कमल थापासहितका नेताहरू पनि विमानस्थल पुगेका थिए ।
राजालाई स्वागत गर्न दिउँसैदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए। र्यालीका क्रममा गाडीमा उभिएर पूर्वराजा शाहले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गर्नुका साथै हात हल्लाएर खुसी व्यक्त गरेका छन्।


