काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेका छन्।
उनले आइतबार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।
आइतबार प्रमाणीकरण गरिएका विधेयकहरूमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१’ तथा ‘निजीकरण )पहिलो संशोधन) विधेयक, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ रहेका छन्।


