काठमाडौं। पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न आज अपराह्न ४ बजे पार्टी कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दैछ ।
बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा, जनयात्रा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।
साथै प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा पनि छलफल हुने जानकारी दिइएको छ । पार्टी सभापति सहकारी ठगी प्रकरणमा कारागार चलान भएपछिको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।


