काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी,व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभा उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन्।
आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उनले जोड दिए। चेम्बर, एउटा सरकार र निजी क्षेत्रबीचको पुलको कार्य गर्ने संस्था भएको र नीति निर्माणका सवालमा सरकारलाई सघाएको भन्दै प्रधानमन्त्री ओलीले धन्यवाद दिए।


