काठमाडौंं । हिजोबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो बस्ने बताइएको छ ।
यसअघि, बुधबार बसेको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको चैत २२ गते राति भएको गिरफ्तारी कानूनको उचित प्रक्रिया विपरीत रहेको ठहर गरेको छ ।
चैत २२ गते राति पक्राउ परेका लामिछानेलाई २५ गतेमात्र जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिइएकाले उनको दुई दिन तीन रातको हिरासत बसाइ स्वतः अवैध रहेको पनि रास्वपाको दाबी छ ।


