काठमाडौं । आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
बिहान मौसम महाशाखाले जारी गरेको सूचनाअनुसार दिउँसो देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यसैगरी कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत आउने सम्भावना छ।


