काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची तय भएको हो ।
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणमा भएका विषयहरू सदनलाई जानकारी गराउने कार्यसूची तय भएको जानकारी दिए ।


