काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ओलीबिनाको एमाले देख्ने सपना पूरा नहुने घोषणा गरेका छन् ।
उनले आइतबार झापाको दमकमा एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो तर्क गरेका हुन् । उनले लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभको अवसर लिएका स्वार्थी नेताहरूले विगतमा विभाजन र पार्टी सिद्धयाउने षड्यन्त्र गरेको बताए ।
तर उक्त प्रयासविरुद्ध कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको उनले बताए ।
पछिललो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्किएको घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्रीसमेत रहेका उनले आफूबिनाको एमाले देख्न नचाहने प्रतिक्रियावादीले खेल्न थालेको बताए ।
‘


