काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौँका शाखा अधिकृत धनेश्वर प्रसाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
उनी गत पुस १४ गते ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले घुस लिएको अभियोगमा अधिकृत प्रसाई र बिचौलिया सुदर्शन न्यौपानेलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ।
प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन्।


