काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलिङ पिरियडमा भएको छेडखानी प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउन माग गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो माग गरेका हुन् । उनले संघीय निजामति ऐनमा ‘कुलिङ अफ पिरियड’बारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका रहेको बताए ।
अहिले राष्ट्रियसभामा नेकपा एमालेका सांसदहरूको क्रियाकलपाका कारण प्रधानमन्त्री नै संलग्न भएको पुष्टि भएको उनको जिकिर छ । प्रचण्डले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताए ।


