काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक मात्रै उदेश्य नै समृद्ध नेपाल र सुखी नेपाली बनाउने रहेको प्रष्ट पारेका छन् । उनले शुक्रबार भक्तपुरमा आयोजित बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताए । उनले नेपाललाई समृद्ध र जनतालाई सुखी बनाउने लक्ष्य भन्दा पवित्र लक्ष्य अर्को हुन नसक्ने बताए ।


