काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आफ्नो पार्टिले मात्रै लोकतन्त्रको रक्षा गर्नसक्ने जिकिर गरेका छन् ।
उनले शनिबार नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहमा यस्तो बताएका हुन् ।
बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले कांग्रेस बलियो बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने बताए ।


