राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार अपराह्न राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले भोलिदेखि हुने तुर्कमेनिस्तानको औपचारिक भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जान लागेका छन्।


