काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले शुक्रबार १ लाख घुससहित पक्राउ परेका मेयर रामपुकार साहविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले वडा नम्बर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग बिचौलियामार्फत घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । त्यसपछि अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले मेयर साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा २०८२ असार ३२ गते रकमसहित नियन्त्रणमा लिएको थियो । साह नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख हुन् ।


