काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तारूढ एमाले–कांग्रेस गठबन्धन सरकारको बर्खास्तीको माग गरेको छ।
देशभर फैलिएको भ्रष्टाचार, कानूनी शासनको उल्लंघन, राजनीतिक दमन र सामाजिक सञ्जाल बन्देजमार्फत् अभिव्यक्ति स्वतन्त्रता खोसिएको भन्दै रास्वपाले यस्तो माग गरेको हो।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार जारी गरेको विज्ञप्तिमा राजधानीमा जेनजी पुस्ताले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारद्वारा गरिएको दमनको भर्त्सना गरिएको छ।


