काठमाडौं । आज बिहानै प्रहरीको एक टोली सानेपास्थित जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको छ ।
राति निवासमा पुगेर खानतलासी गरेको थियो भने बिहानै कार्यालयमा गएर खानतलासी गरिएको थियो । श्रेष्ठलाई प्रहरीले बुधबार बेलुकी निवासबाट पक्राउ गरेको थियो । उनको कार्यालयबाट प्रहरीले मोबाइल र कम्प्युटर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर र कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले खानतलासी गरेको बताए ।


