काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि चीनले पठाएको तेस्रो खेप राहत काठमाडौं आइपुगेको छ । चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई(२० ए ठूलो क्षमताको मालवाहक विमानमार्फत बेलीब्रिज, शव फ्रिजसहित फरेन्सिक विज्ञसमेत काठमाडौं उत्रिएका हुन् ।
चीनले उपलब्ध गराएको राहत सामग्रीमा शव व्यवस्थापनका लागि फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक अन्य सामग्री छन् ।
यसपटकको राहत सामग्रीमा विपद् उद्धार, आवतजावत सहज बनाउन तथा पुनर्स्थापना लागि आवश्यक बेलीब्रिजसमेत समावेश गरिएको छ ।


