काठमाडौं । सडक खण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्न पर्ने भन्दै आजदेखि नारायणगढ–मुग्लिङ सडक खण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।
नागढुङ्गा– मुग्लिङ सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिङ) का आयोजना प्रमुख किरण कार्कीले आजदेखि एक महिना .बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने जानकारी दिए ।
भौगोलिक रूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए।
उनका अनुसार सडक खण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ ।


