काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्।
उनले देशको बर्तमान आर्थिक समस्याबारे पौडेल र अधिकारीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले बताए ।
सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुबारे चासो राखेको उनले बताए।
छलफलका क्रममा अहिले कायम बैंकहरुको ब्याजदर घटाउन र तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै अरु पहलकदमी लिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका छन्।


