काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता भएको छ । उनीहरुबीच एमाले अध्यक्ष ओलीको निजी निवासमा छलफल भएको हो।
उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओलीसँग प्रचण्डले भेटघाट बाक्लो बनाइरहेका छन्।
आजै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदैछन्। त्यहाँ नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेसँगै रावल नेतृत्वको सरकार ढल्ने सम्भावना बढेको छ।


