काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार रहेका र सुवास नेम्बाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत मत हाल्ने दाबी गरेका छन्।
अध्यक्ष ओलीले शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले ९ पुसको बालकोट समझदारीअनुसार एमाले राष्ट्रपति उम्मेदवारलाई भोट हाल्ने वचन दिएको बताएका हुन्।
एमालेले पार्टी उपाध्यक्ष नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै केही बेरअघि उनले मनोनयन दर्ता गराएका छन्। प्रचण्डले एमालेलाई समर्थन गर्ने विषयमा बाहिरबाट दबाब परेको बताएको ओलीको भनाइ छ।


