काठमाडौं । सोमबार दिउँसोबाट सुरु भएको चितवन क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो पटक सार्वजनिक गरिएको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले निकै फराकिलो अग्रता बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ३६ हजार १सय ५८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत प्राप्त गरेका छन्। यसैगरी रहेका नेकपा एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्।


