काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटलाई एमालेको ‘लालकिल्ला’ हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
उनले शुक्रबार पार्टीको जिल्ला स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै दाइ शरण आए पनि भाइ शरण आए पनि नुवाकोटमा नेकपा एमाले नै विजय हुने ठोकुवासमेत गरे ।
उनले अघि भने, ‘(अर्जुननरसिंह र केदारनरसिंह केसी नरसिंह आउन कि अर्को सिंह आउन केही मतलव छैन । एमालेको किल्ला नुवाकोट जिल्ला ।’
एमालेलाई हराउन गठबन्धनका नाममा ठूलो षड्यन्त्र र ठूलो साँठगाँठ भइरहेको ओलीको दाबी छ । ‘एमालेले देशभरीका ७ सय ५३ वटै पालिकाहरुमा जित्नुपर्ने छ,’ उनले भने, ‘एमालेलाई जित्न नदिनका लागि घोषित रुपमा, अघोषित रुपमा गठबन्धन हुँदैछ ।’