काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर सत्तारुढ पाँच दलीय गठबन्धनले आज (शुक्रबार) काठमाडौँमा चुनावी आमसभा गर्दैछ।
आजको आमसभाको संयोजन नेपाली कांग्रेस काठमाडौंले गरेको हो । आमसभा शान्ति बाटिका रत्नपार्कमा दिउँसो १ बजे सुरु हुने यसले जानकारी दिएको छ ।
आमसभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी छ।
आमसभालाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।
यसअघि बिहीबार सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आमसभा आयोजना गरेको थियो।