काठमाडौं । आज जेठ १५ गते गणतन्त्र दिवस। मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको अवसरमा १५ औँ गणतन्त्र दिवस मनाइँदै छ।
आज निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन हो। शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो। पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि राजनीतिक परिवर्तनका लागि धेरै काम गरेको थियो।
गणतन्त्र दिवसको अवसरमा आज आइतबार विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्। सरकारले अघिल्ला वर्षहरूजस्तै यस वर्ष पनि काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह आयोजना गरेको छ। टुँडिखेलमा बिहान ८ बजे आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहने छ।