काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनभन्दा अघि नै पार्टीको संगठनबारे पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । पार्टीको बिहीबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
उसले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अनुगमन टोलीले सवै स्थानीय तहको रिपोटिङ, पार्टी संगठनको वास्तविक परिस्थिति र आवस्यक सुचना संकलन गर्नेछ । नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी गठन गरेकाले पनि आसन्न निर्वाचन एकीकृत समाजवादीको लागि आफ्नो वास्ताविक जनमत देखाउने ठाउँ हुने छ । पछिल्लो समय उसले संगठन विस्तारको कामलाई तीब्रता दिइरहेको छ ।