काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट केही ब्यक्ति बाहिर गए पनि यसले पार्टीलाई कुनै क्षति नपुगेको दावी गरेका छन्
शनिबार खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा एमाले खोटाङले आयोजना गरेको जनसभालाई आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पहिले पनि एमाले फुट्यो तर जस्ताको तस्तै, अहिले पनि फुट्यो भनियो तर जस्ताको तस्तै’ ओलीले भने ‘बरु झन् ठूलो भएको छ, त्यसैले आत्तिनु पर्दैन ।’
यस्तै, एमाले समृद्धिको पक्षमा उभिएकाले त्यसबाट आत्तिएर ुषड्यन्त्र गरेर परमादेशबाट हराइएकोु ओलीको जिकिर थियो । ‘एमाले जहिल्यै समृद्धिको पक्षमा उभिन्छ, मुलुक र जनताको पक्षमा उभिन्छ । त्यसैदेखि आत्तिएर जनादेशबाट बनेको सरकारलाई परमादेशले हरायो’ उनले भने ।
खोटाङको कार्यक्रममा ओलीपत्नी राधिका शाक्य, नेता रामबहादुर थापा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायत नेता थिए ।