काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले १०औं महाधिवेशनले सर्वसम्मत रुपमा केपी ओली नै अध्यक्ष बनाउने बताएका छन् ।
आज काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले केपी ओली नै सर्वसम्मत अध्यक्ष बन्ने बताए ।
उनले भने, ‘हामीले विधान महाधिवेशन ललितपुरको गोदावरीमा भव्य रुपमा सम्पन्न गर्यौँ, विधान पनि सर्वसम्मतिले पारित गर्यौँ। अब नेतृत्व चयन गरिने हो । मंसिर १० गते उद्घाटन हुन्छ । अब पार्टीमा नयाँ नेतृतवको निर्माण गर्छौँ । सायद, केपी शर्मा ओली सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ । विधान अधिवेशनले पनि यो कुराको संकेत गरिसकेको छ ।’
उनले आगामी महाधिवेशनमा आउने प्रतिनिधिहरूको निर्वाचन मूलतः आज सम्पन्न हुने बताए । उनले भने, ‘एकाध, जिल्ला बाँकी रह्यो भने भिन्न कुरा हो । तर, एकै दिन २ हजार प्रतिनिधि आज निर्वाचित हुँदैछन् । ७७ वटै जिल्लामा प्रतिनिधिहरु छान्न सक्ने हैसियत राख्ने पार्टी एमालेमात्रै हो । यो पार्टी एकताकै निरन्तरतामा छ । हामीले वडाको अधिवेशन एकै दिनमा गर्यौँ । एमालेले आफ्नो आन्तरिक काम सम्पन्न गरेको छ। अब संगठन विस्तारमा अघि बढ्छौँ । स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्रित भएर अघि बढ्छौँ ।’