काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ।।
उनीहरुबीच आज (आइतबार) बिहान भेटवार्ता भएको हो । भेटवार्ताको क्रममा दुवैबीच फोहोरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको क्षेत्रमा आगामी दिनमा बागमती प्रदेश सरकार र महानगरपालिकाले परिणाममुखी सहकार्य गर्ने विषयमा छलफल भएको छ।
मेयर बालेन पछिल्लो पटक भेटघाटमा सक्रिय छन्। उनले यसअघि नै नेपालका प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिसकेका छन् ।