काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले) की सुनिता डंगोलले आफ्नो प्रतिस्पर्धीभन्दा धेरै मतले अग्रता लिएकी छन् ।
वडा नम्बर १ को १०० भोट गनिएकोमा उनले मुख्य प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि छिन् । सुनिताले ३३ भोट ल्याएकी छन् भने श्रेष्ठको भोट ११ छ ।
यस्तै वडा नम्बर ३२ मा ७० भोट गणना हुँदा सुनिताले २४ र श्रेष्ठले १२ मत ल्याएका छन् । समग्रमा अहिलेसम्म १७० भोट गणना भएकोमा सुनिताले ५७ मत र श्रेष्ठले २३ ल्याएका छन् ।