काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले निरन्तर रुपमा आफ्नै पार्टीको सरकारको चर्को आलोचना गरकै कारण उनी मन्त्री बन्ने सम्भावना लगभग समाप्त भएको छ । स्रोतका अनुसार प्रभानमन्त्री गगनलाई कुनै पनि हालतमा मन्त्री नबनाउने सोचमा छन्।
सदाबहार सिटौला गुटमा रहेका थापाले पछिल्लो समय गुट परिवर्तन गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा गएका उनीलाई पौडेलले मन्त्री बनाउन पक्कापक्की भएको समाचार बाहिर आएको थियो ।नेता थापा मन्त्री बन्ने चर्चा थियो । तर पौडेलले पहिला नै मन्त्री भइसकेकालाई पुनः मन्त्री नबनाउने नीति लिएपछि नेता थापा यो पटकको मन्त्रिमण्डलमा नपर्ने सम्भावना भएको हो ।
। प्रधानमन्त्री देउवाले सुरुमै आफ्नो गुटबाट बालकृष्ण खाड, ज्ञानेन्द्रबहादु कार्की, नारायण खड्का र उमेश श्रेष्ठलाई मन्त्री
नियुक्त गरिसकेका छन् ।
अब कांग्रेसबाट वरिष्ठ अब नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुलाई मन्त्री बनाउनु पर्नेछ । कांग्रेसले सरकारमा प्रधानमन्त्रीसहित ७ मन्त्रालय पाउने गठबन्धनभित्र सहमति भएको छ । सो अनुसार अब उसको भागमा ३ मन्त्री छन् ।
पौडेल समूहमा मन्त्रीका लागि २ जना भाग पर्ने बताइएको छ । जसमा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसी मध्येबाट २ मन्त्री बनाइने स्रोतले बताएको छ ।